प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जर र लभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आज (फागुन २३ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने । गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै सभाले अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले गत असार ३२ गते अजोड इन्सुरेन्ससँग मर्जरका लागि सम्झौता गरेपनि अन्तिम समयमा आएर रद्द भएको थियो ।