मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)

२३ फाल्गुन २०७९, मंगलवार १३:०६

काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो ।

नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन् । बाँकी १६२ कम्पनी भने अयोग्य रहेका छन् ।
नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार मार्जिन कारोबार गर्नका लागि १७ वाणिज्य बैंक, १० बीमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त वित्तीय संस्था होटल १, नागरिक लगानी कोष, हिमालयन डिस्ट्रिलरी, शिवम सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनी रहेका छन् ।

मार्जिक कारोबार गर्न लागि मार्जिन कारोबारसम्बन्धी कार्यविधि–२०७५ मा भएको मापदण्ड पुरा गरेको हुनुपर्छ ।
कार्यविधिमा कम्पनीमा कम्तिमा १० हजारभन्दा बढी सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको । दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरी कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*