श्रीमतीलाई वैवाहिक बर्षगाँठको अवसरमा बीमा पोलिसी उपहार
काठमाडौं । बीमा पोलिसी आफन्तजनहरुलाई उपहार दिने प्रचलन बढ्दो छ । जन्मदिन, बार्षिकोत्सव, दशैं, तिहार जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन पछिल्ला दिनहरुमा बढ्दै गएको छ । यसैबीच, सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेनजर गौरव कुमार शाहीले श्रीमतीलाई वैवाहिक बर्षगाँठको अवसरमा एक करोड रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।
कम्पनीका स्टार एजेन्सी म्यानेनजर एवम् प्रोडक्ट एम्वासडर गौरव कुमार शाहीले फजुल खर्च जोगाएर सूर्यज्योति लाइफको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
जीवन बीमा पोलिसी उपहार दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैवाहिक जिवनको नवौं बसन्त पार गर्दै गर्दा बिताएका ति कैअन तिता मिठा यादहरुलाई साँची राख्दै आगामी दिनहरुमा अझ धेरै खुशी दिने कोसिस गर्नेछु । प्रिय जीवन साथी सायद मेरो भन्दा पनि प्रगाढ थियो होला है त्यो मायाँ जसको यादमा ताजमहल बन्यो म तेस्तै केही गर्न त सक्दिन होला तर मेरो छुट्टै विशेषता छ मैले गर्ने प्रेममा मलाई यतिधेरै विश्वास छ कि तिमी संगको प्रेम त्यो दिन पनि समाप्त हुने छैन जुनदिन म पञ्चतत्वमा बिलिन भएर जानेछु । हामी दुबै मिलेर नवौं बसन्त पार गर्दै गर्दा गरेको सयुक्त मेहनतले तिम्रो लक्ष्य पूरा हुन्छ हुँदैन, सफलता मिल्छ मिल्दैन जिन्दगीमा, त्यो त भाग्यको कुरा हो तर मेरो कोशिश जस्तोसुकै अफ्ट्यारो बाटो किन नआओस् तिम्रो खुशीको लागि तिम्रा हरेक पाइलामा फुल राखिदिनु मेरो कर्तव्य हुनेछ र त्यो म जिवित रहुन्जेल गरिरहने छु ….’