बीमा कम्पनीमा कार्यरत कर्मचारीका लागि ६९ करोड रुपैयाँ बोनस छुट्याइयो, कुन कम्पनीमा कति ? (सूची सहित)
काठमाडौं । चालु आर्थिक वर्षको दास्रो त्रैमास सम्ममा प्रकाशित जिवन र निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशको लागि ६९ करोड ५ लाख २१ हजार रुपैयाँ छुट्याएका छन् ।प्रकाशित विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरु भन्दा बढी जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशमा खर्च गरेको देखिएको छ ।
निर्जिवन बीमा कम्पनीहरुको कर्मचारी बोनस
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निजिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशको लागि ३३ करोड २ लाख ८४ हजार रुपैयाँ छुट्याएका छन् । हाल नेपालमा संचालित १६ वटा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि बोनश बापत उक्त रकम छुट्याएको हो ।कम्पनीहरुले गत वर्षको यहि अवधि सम्ममा कर्मचारी बोनशको लागि २८ करोड २७ लाख ६५ हजार रुपैयाँ छुट्याएका थिए । गत आर्थिक वर्षको तुलनामा निर्जिवन जीवन बीमा कम्पनीहरुको कर्मचारी बोनश १६ दशमलव ८१ प्रतिशतले बढेको हो ।
निर्जिवन बीमा कम्पनीहरुले प्रकाशित गरेको तथ्यांक अनुसार दोस्रो त्रैमासको अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सको कर्मचारी बोनश सबैभन्दा बढी बढेको छ । कम्पनीले समिक्षा अवधिमा १ करोड ६७ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा ८२ लाख ९६ हजार रुपैयाँ छुट्याएको थियो । गत वर्षको तुलनामा कम्पनीको कर्मचारी बोनश वापतको रकम १०२ दशमलव ३० प्रतिशतले बढेको हो ।
त्यस्तै, समिक्षा अवधि सम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी कर्मचारी बोनश छुट्याएको छ । कम्पनीले कर्मचारी बोनशको लागि ३ करोड ७४ लाख ६४ हजार रुपैयाँ छुट्याएको छ । समिक्षा अवधिसम्ममा दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले ३ करोड ३५ लाख ३३ हजार रुपैयाँ छुट्याएको छ ।
त्यस्तै, समिक्षा अवधिमा नेको इन्स्योरेन्सले २ करोड ९४ लाख ५५ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ करोड ८४ लाख ७७ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले २ करोड ४७ लाख ७२ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ करोड ४७ लाख ३ हजार रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।
समिक्षा अवधिमा नेपाल इन्स्योरेन्सले २ करोड ४१ लाख, आइएमई जनरल इन्स्योरेन्सले १ करोड ८७ लाख, लुम्बीनी जनरल इन्स्योरेन्सले १ करोड ८० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ करोड ७८ लाख, सानिमा जनरल इन्स्योरेन्सले १ करोड ६७ लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।
त्यस्तै, समिक्षा अवधिमा सम्ममा एनएलजी इन्स्योरेन्स १ करोड ६२ लाख, प्रभु इन्स्योरेन्सले १ करोड ३५ लाख, युनाइटेड इन्स्योरेन्सले १ करोड २४ लाख, अजोड इन्स्योरेन्सले ७७ लाख र प्रुडेन्सियल इन्स्योरेन्सले ६३ लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।
जीवन बीमा कम्पनीहरुको कर्मचारी बोनस
जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनशका लागि ३६ करोड २ लाख रुपैयाँ छुट्याएका छन् । हाल संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि उक्त रकम छुट्याएको हो । गत आर्थिक वर्षको सोहि अवधिम्ममा जीवन बीमा कम्पनीहरुको कर्मचारी बोनश व्यवस्था २१ करोड १७ लाख रुपैयाँ छुट्याएको थियो । गत आर्थिक वर्षको तुलनामा जीवन कम्पनीहरुले कर्मचारी बोनश रकम ७० प्रतिशतले बढेको छ ।
जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्थांक अनुसार दोस्रो त्रैमासको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी बोनस दिने कम्पनी बनेको छ । समिक्षा अवधिमा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको सोहि अवधि सम्ममा ८९ लाख रुपैयाँ वितरण गरेको छ । गत आर्थिक वर्षको तुलनामा ३४० प्रतिशतले कर्मचारी वोनश बढेको तथ्थांकले देखाएको छ ।
त्यस्तै, समिक्षा अवधिसम्मा नेपाल लाइफले ५९ करोड ४६ लाख, रिलायन्स लाइफले १ करोड ८५ लाख, प्रभु लाइफले १ करोड ४२ लाख, सूूर्या ज्योति लाइफले ३ करोड १५ लाख, आइएमई लाइफले १ करोड ३० लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।
कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीको कर्मचारी बोनश बढेको छ । समिक्षा अवधि सम्ममा गुराँस लाइफको १ करोड १२ लाख, नेशनल लाइफको २ करोड ९० लाख रुपैयाँ, मेट लाइफको १ करोड ८६ लाख रुपैयाँ, युनियन लाइफको १ करोड ४ लाख रुपैयाँ, महालक्ष्मी लाइफको ७९ लाख, एशियन लाइफको २ करोड १२ लाख, सानिमा लाइफको १ करोड २९ लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।
साथै, रिलायबल नेपाल लाइफको २ करोड २० लाख, राष्ट्रिय बीमा संस्थानको ८२ लाख, सिटिजन लाइफको १ करोड १३ लाख र प्राइम लाइफको १ करोड ९४ रुपैयाँ जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि बोनश रकम व्यवस्था गरेको छ ।