राष्ट्रिय बीमा कम्पनीले आफ्ना बीमितहरुलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भक्तानी बुझिलिन बाँकी रहेमा कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेकोछ ।
कम्पनीले एक सूचना जारी गर्दै आफ्नो कारोबारको क्रममा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता नराखेको बताउँदै कथमकदाचित यस्तो रकम भुक्तानी गर्न बाँकी रहेमा कम्पनीले सम्बन्धी बीमितहरुलाई कार्यालयमा सम्पर्क गर्न भनेको हो ।
कुनै पनि ब्यक्ति, संघ, संस्था समेतलाई व्यवसायका सिलसिलामामा बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको भए ३५ दिनभित्र के कति र के वापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सो को प्रमाण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सचिवालय, केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंमा भुक्तानी माग गर्न आउन अनुरोध गरेको छ ।
साथै तोकिएको समयभित्र सम्बन्धी बीमितबाट भुक्तानीका लागि माग भई नआएमा वा रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा यस्तो मागदाबी उपर कुनै कारबाही नहुने कम्पनीले जनाएको छ ।