मेट लाइफद्वारा बीमितलाई परिपक्वता लाभ भुक्तानी लिन अनुरोध

१९ फाल्गुन २०७९, शुक्रबार ११:४७

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमालेख परिपक्क भइसकेका बीमितहरुलाई परिपक्वता लाभ भुक्तानी बुझिलिन आग्रह गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक।पूर्ण परिपक्व भए नभएको यकिन गरी बीमालेख परिपक्व भईनसकेका बीमितहरुलाई आफ्नो आंशिक।पूर्ण परिपक्वता लाभ भुक्तानी लिन भनेको हो ।

साथै कम्पनीले केही पुर्व बीमा अभिकर्ताहरुको कमिशन रकम भुक्तानीमा आवश्यक कागजात पेश नभएकोले समस्या भएको हुँदा सम्बन्धीत अभिकर्ताले आफ्नो बैंक खाताको विवरण, स्थायी लेखा प्रमाण पत्र र नागरिकताको छायाँप्रतिका साथ कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*