मर्जरपछि यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संचालक समिति, कम्पनी सचिवमा आचार्य
काठमाडौं । आजदेखि आधिकारीक रुपबाट एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । आज बिहान बीमा प्राधिकरणका अध्यक्षसँग सिद्धार्थ प्रिमियमका संचालक समितिले शपथ लिईसकेका छन् ।
दुई कम्पनीबीच बसेको संचालक समितिको पहिलो बैठकले सुरेश लाल श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
सञ्चालक समितिमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् भने प्रिमियरको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिको सदश्यमा राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएका हुन् ।
नयाँ संचालक समितिले कम्पनी सचिवको जिम्मेवारी सुदर्शन आचार्यलाई दिएको छ ।