सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको आधिकारिक लोगो सार्वजनिक

१७ फाल्गुन २०७९, बुधबार १६:२८

काठमाडौं । आजदेखि एकिकृत कारोबारको घोषणा गरेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविकका बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ । नयाँ लोगोमा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको लोगोको मिश्रण देखिन सकिन्छ । जसमा ‘ट्रष्ट एण्ड सेक्यूरिटी’ लेखिएको छ ।

मर्जर पछि कम्पनीको नाम सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेड रहनेछ । दुई पक्ष विचमा भएको सहमति अनुसार मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा विरेन्द्र वैदरवाद रहने छन् ।

यो बीमा क्षेत्रको तेस्रोे सफल मर्जर हो । यसअघि हिमालयन र एभरेष्ट, सानिमा जिआईसी भएका छन् भने यस कम्पनी तेस्रो कम्पनी भएका छन्। मर्जर पछि कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ माथि पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*