युनियन लाइफको ब्यतित बीमालेखको ब्याजमा फागुन १७ देखि ३० गतेसम्म शतप्रतिशत छुट

१७ फाल्गुन २०७९, बुधबार १४:५१

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमा लेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ बर्ष अघि देखि कम्पनीबाट जारी भएका ब्यतित बीमा लेखहरु पुनर्जागरण गराउदा लाग्ने ब्याजमा शत प्रतिशत ब्याज छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले फागुन यहि १७ गतेदेखि फागुन ३० गतेसम्मका लागि कम्पनीबाट जारी भएका ब्यतित बीमा लेखहरु पुनर्जागर।ण गराउदा लाग्ने ब्याजमा शत प्रतिशत ब्याज छुट प्रदान गर्ने जनाएको छ । पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनश समेत प्राप्त हुने संस्थाले जनाएको हो ।

बीमकहरुले बीमालेख पुनर्जागरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुट प्राप्त गर्न पाउनेछन् ।

Open photo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*