माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११ अर्ब माथि, बृद्धिदरमा नेशनल, महालक्ष्मी र सन नेपाल लाइफ अगाडी (तथ्याङ्कसहित)

१७ फाल्गुन २०७९, बुधबार ११:३७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन पुष महिनाको तुलनामा ३.२७% ले घट्न पुगेको हो ।

तथ्याङ्कअनुसार १८ मध्ये ८ कम्पनीको मात्रै कुल बीमा शुल्क आर्जन बढेको छ भने बाँकी १० कम्पनीको प्रिमियम कलेक्सन पुष महिनाको तुलनामा घट्न पुगेको । माघ महिनामा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ महिनामा ३ अर्ब १ करोड ३० लाख रुपैयाँ कुल बीम शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यता जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै एलआइसी नेपालले पनि सो अवधिसम्म १ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । साथै नेशनल लाइफले पनि माघ महिनामा मात्रै एक अर्ब २९ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

मर्जरको प्रक्रियामा रहेको युनियन लाइफ इन्स्योरेन्सले पनि माघ महिनामा ७८ करोड ९८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ । त्यस्तै, सूर्यज्योतिले ७१ करोड ५ लाख, एशियन लाइफले ६४ करोड ९५ लाख, सिटिजन लाइफले ४७ करोड ५७ लाख, मेट लाइफले ४० करोड ६ लाख, आइएमई लाइफले ३६ करोड ७० लाख, प्राइम लाइफले ३६ करोड ५६ लाख, सन नेपाल लाइफले ३४ करोड ७५ लाख, गुराँसले ३४ करोड १६ लाख, राष्ट्रिय बीमा संस्थानले ३३ करोड ७८ लाख, रिलायबल नेपालले २९ करोड ९२ लाख, रिलायन्सले २८ करोड ६ लाख, सानिमा लाइफले २३ करोड ७९ लाख, प्रभु लाइफले १८ करोड ८० लाख र महालक्ष्मी लाइफले १४ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

पुष महिनाको तुलनामा माघ महिनामा कुनले कति प्रगति गरे ?
एक महिनाको अन्तरालमा सबैभन्दा बढी आफ्नो बिजनेश बढाउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै पुष महिनाको दाँजोमा माघ महिनामा प्रिमियम कलेक्सन १२.८५ प्रतिशतले बढाएको छ । पुष महिनामा कम्पनीले १ अर्ब १४ करोड ८५ लाख बीमा शुल्क आर्जन गरेको थियो भने माघ महिनामा कम्पनीले १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै, एक महिनाको अन्तरालमा आफ्नो बिजनेशन बढाउने दोस्रोमा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले पुष महिनाको तुलनामा माघ महिनामा बिजनेश ११.७९ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, यता म्यादी जीवन बीमाको दायरा बढाउँदै सन नेपाल लाइफले पनि पुष महिनाको तुलनामा माघ महिनामा बिजनेशन ११.२३ प्रतिशतले बढाएको छ ।

त्यस्तै, युनियन लाइफलले ९.८८%, गुराँस लाइफले ७.३३%, सिटिजन लाइफले ३.०४%, सूर्यज्योति लाइफले १.६९ प्रतिशत र नेपाल लाइफले ०.२७ प्रतिशतले आफ्नो बीमा ब्यवसाय बढाएका छन् ।

त्यस्तै, यता अन्य १० वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा ब्यवसाय पुष महिनाको तुलनमा माघमा घट्न पुगेको छ । सबैभन्दा बढी बीमा ब्यवसाय घट्ने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानको सो अवधिसम्म ४२.१२ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको छ ।

साथै आइएमई लाइफको २३.५६ प्रतिशत, रिलायबल नेपाल लाइफको १५.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको १५.२९ प्रतिशत, एलआइसी नेपालको १२.१७ प्रतिशत, प्राइम लाइफको ११.८८ प्रतिशत, प्रभु लाइफको ११.३९ प्रतिशत, सानिमा लाइफको २.९३ प्रतिशत, एशियन लाइफको १.८१ प्रतिशत, मेट लाइफको १.४५ प्रतिशत र रिलायन्स लाइफको १.३३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*