बैंकहरुविरुद्धको आन्दोलनमा ई. कँडेल र दुर्गा प्रसाई एकसाथ, २० गतेदेखि काठमाडौंमा भव्य आन्दोलन

१५ फाल्गुन २०७९, सोमबार ०७:२५

काठमाडौं । नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा यही फागुन २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन हुँदैछ । झापाका व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भई अब काठमाडौं केन्द्रीत आन्दोलन सुरु हुँदैछ ।

सो अभियानमा दुर्गा प्रसाईसँगै पब्लिक इन्नोभेटर ई. दीपेन्द्र कँडेल पनि जोडिएका छन् । फागुन १ गते झापाबाट सुरुवात भएको आन्दोलनमा कँडेल त्यही पुगेर दमदार भाषण गरेका थिए भने भैरहवा, चितवन लगायतका देशव्यापी आन्दोलनहरुमा सहभागी छन् ।

आन्दोलनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीको भण्डाफोर गर्ने जिम्मेवारी पाएका कँडेल दुर्र्गा प्रसाईसँगै देखिएका छन् । अफ्रिकन देशमा पुगेर निर्वाचन पर्यवेक्षणको कार्य गरेर चर्चामा आएका कँडेल यसअघि वाईडबडी काण्ड पर्दाफास गरेर चर्चामा आएका थिए ।

यही फागुन २० गतेदेखि हुने आन्दोलनमा बैंकको चर्को ब्याजदर घट्नुपर्ने, २० लाख भन्दा कम ऋण लिएका ऋणीहरुको ऋण मिनाहा हुनुपर्नेलगायतका माग उठेको छ । बैंकविरुद्धको आन्दोलनमा उठेका विषयहरुले बैंकिङ क्षेत्र आतंकित हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*