जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन झण्डै ६७ अर्ब, महालक्ष्मी र प्रभु लाइफको देखियो प्रगति, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

१६ फाल्गुन २०७९, मंगलवार १४:४२

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६६ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । संचालनमा रहेका १८ जीवन बीमा कम्पनीको रिन्यू प्रिमियम कलेक्सन गत वर्षको तुलनामा १४.८७ प्रतिशतले बढ्न पुगेको हो ।

गत वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५८ अर्ब २६ करोड ९७ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १८ मध्ये मेट लाइफ र प्राइम लाइफ बाहेकका सबै कम्पनीको नविकरण बीमाशुल्क आर्जन बढ्न पुगेको छ ।

जीवन बीमा कम्पनीहरुले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्ककले देखाएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले माघ महिनासम्ममा १८ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ नविकरणमार्फत प्रिमियम कलेक्सन गरेको छ ।

कम्पनीको गत वर्षको तुलनामा नविकरण बीमा शुल्क आर्जन ८.१४ प्रतिशतले बढ्न पुगेको हो । त्यस्तै, सो अवधिसम्म एलआइसी नेपालले पनि ८ अर्ब ९१ करोड २४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेकोछ । एलआइसीलाई पच्छ्याउँदै नेशनल लाइफले पनि सो अवधिसम्म ६ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । यसका साथै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै माघ मसान्तसम्म ६ अर्ब ८करोड रिन्यूमार्फत प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै, युनियन र सूर्यज्योति र एशियन लाइफले ३–३ अर्बमाथि, मेट, प्राइम र सिटिजन लाइफले २ अर्बमाथि, आइएमई, गुराँस, रिलायन्स, रिलायबल, सन नेपाल र सानिमा लाइफले एक अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, प्रभु र महालक्ष्मी लाइफले भने एक अर्बभन्दा मुनि रिन्यू मार्फत प्रिमियम कलेक्सन गरेको छ ।

गत वर्षको तुलनामा कुनले कति प्रगति गरे ?
गत वर्षको माघ महिनाको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी नविकरणमार्फत प्रिमियम कलेक्सन बढाउनेमा सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ रहेको छ । महालक्ष्मी लाइफले गत वर्षको तुलनामा यस अवधिसम्म ६५.२७ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।

त्यस्तै, यता बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै प्रभु लाइफले पनि सो अवधिसम्म ६३.१४ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ । साथै सिटिजन लाइफ इन्स्योरेन्सले पनि गत वर्षको तुलनामा यस्तो बीमा शुल्क आर्जन ५३.१४ प्रतिशतले बढाएको छ । साथै रिलायबल नेपाल लाइफले पनि ५३.८२३ प्रतिशतले यस्तो प्रिमियम कलेक्सन बृद्धि गरेको छ ।

त्यस्तै, सानिमा लाइफले ४७.८०%, आइएमई लाइफले ४७.१२%, नेशनल लाइफले ३०.९६%, रिलायन्स लाइफले ३०.८३%, सन नेपाल लाइफले ३०.१२%, सूर्यज्योति लाइफले १९.५८%, एशियन लाइफले १४.३५%, युनियन लाइफले १२.३१%, गुराँस लाइफले ९.६४%, नेपाल लाइफ इन्स्योरेन्सले ८.१४%, एलआइसी नेपालले ७.७५%, राष्ट्रिय बीमा संस्थानले ५.६० प्रतिशतले नविकरण बीमाशुल्क आर्जन बढाएको छ । भने बाँकी दुईवटा कम्पनी मेट लाइफको ०.५४% र प्राइम लाइफको १.७४ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*