१८ मध्ये ६ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन घट्यो, वृद्धिदरमा आइएमई, नेशनल, सानिमा, महालक्ष्मी र रिलायन्स अग्रस्थानमा
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा न्यून प्रतिशतले मात्रै बढेको छ। गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २।५७ प्रतिशतले बढेको बीमा प्राधिकरणले प्रकाशन गरको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८३ अर्बं रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भको थियो ।यस अवधिसम्ममा ६ कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।
यस त्रैमासको अवधिमा सन नेपाल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफको कुल बीमशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा घटेको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन भने झिनो प्रतिशतले सुधार देखिएको छ।
बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याकको आधारमा हेर्दा आइएमई लाइफको कुल बीमाशुल्क आर्जन २२ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षमा १ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीको कुल बीमाशुल्कमा आकर्षक सुधार गर्दै २ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा नेशनल लाइफको १३ प्रतिशतले बढेको छ। कम्पनीले यस अवधिमा ८ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बढेर १ अर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार महालक्ष्मी लाइफको कुल बीमाशुल्क आर्जन ९ प्रतिशत, रिलायन्स लाइफको ८ प्रतिशत, सिटिजन लाइफको ५ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को ४ प्रतिशत, प्रभु लाइफको ४ प्रतिशत, नेपाल लाइफको २ प्रतिशत एशियन लाइफको १ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क ०।८६ प्रतिशतले वृद्धि भएको छ।
यस त्रैमाससम्मा कुनले कति बीमाशुल्क आर्जन गरे ?
बीम प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनाको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ८३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
बीमा प्राधिकरणको अनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएकोछ ।
यस अवधिमा कम्पनीले २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब २२ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४८ करोड, सूर्याज्योति लाइफको ४ अर्ब ८६ करोड, यूनियन लाइफको ४ अर्ब ५४ करोड, एशियन लाइफको ४ अर्ब १० करोड, सिटिजन लाइफको ३ अर्ब १४ करोड, मेट लाइफको २ अर्ब ९० करोड, प्राइम लाइफको २ अर्ब ६३ करोड, आइएमई लायफको २ अर्ब ३२ करोड, सन नेपाल लाइफको २ अर्ब २९ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८ करोड, रिलायन्स लाइफको कुल बीमा शुल्क आर्जन १ अर्ब ७८ करोड, गुराँस लाइफले १ अर्ब ७७ करोड, सानिमा लाइफको १ अर्ब ४८ करोड, प्रभु लाइफको १ अर्ब २२ करोड र महालक्ष्मी लाइफको ८९ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।