सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै, शेयर कारोबार रोक्का

१६ फाल्गुन २०७९, मंगलवार १०:४१

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पत्र पेश गर्दै शेयर कारोबार रोक्का राख्न अनुरोध गरेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीइ कार्यालय काठमाडौं महानगरपालिका वडा नंं ११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार संचालन गर्न लागेको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिका बमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।

मर्जरपछि बन्ने नयाँ कम्पनीमा साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बिरेन्द्र बैदवार प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नेछन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमलमा नै रहनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*