प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस शेयर आधा घट्यो

१६ फाल्गुन २०७९, मंगलवार १०:२८

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ६.५% बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकोमा नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतिका क्रममा प्राप्त निर्देशन बमोजिम कम्पनीले उक्त लाभांश संशोधन गरेको हो ।

कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले बीमा प्राधिकरणको निर्देशनबमोजिम कायम चुक्तापुँजीको ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*