नेशनल लाइफको बीमाशुल्क अब क्यूआरबाट भुक्तानी गर्न सकिने
१५ फाल्गुन २०७९, सोमबार १६:४५
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क अव क्सुुआर मार्फत सजिलै भुक्तानी गर्न सकिने भएको छ । कम्पनीका सेवाग्राहीलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इसेवाको माध्यामबाट डायनापमक क्युआर गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था ल्याएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।
यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।