खल्ती र गुडविल फाइनान्सबीच सहकार्य, खल्तीमा बैंक लिंक गरी ६० हजारभन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने

१५ फाल्गुन २०७९, सोमबार १४:२९

काठमाडौं । खल्ती र गुडविल फाईनान्सबीच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन्। यति मात्र नभएर गुडविल फाईनान्स खाता खल्ती संग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन् । खल्तीमा बैंक लिंक गरे पश्चात खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटीनेछ । साथै यस सम्झौता पश्चात खल्ती प्रयोगकर्ताले अब गुडविल फाईनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ ।

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ्ग अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले १ रुपैयाँमा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ । प्रयोगकर्ताले गुडविल फाईनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाईट टिकट बुकिङ्ग को भुक्तानी गरि यस अफरमा सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*