कञ्चनपुर नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ फाल्गुन २०७९, सोमबार १२:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कञ्चनपर नगरपालिकामा बीमा सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकासँग नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको रुपमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता रहेका थिए भने अतिथिका रुपमा उक्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेणुका साह रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु, तथा महिला समुहका व्यक्तिहरु सहभागि थिए । सो कार्यक्रममा ९० भन्दा बढिको सहभागिता रहेको थियो ।

बीमा अन्तरक्रिया कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण गरेकी थिइन् । साथै कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको यस्तो कार्यक्रमलाई अवका दिनमा गाउँगाउँ सम्म पुर्याउनु पर्नेे कुरा राखेका थिए । साथै, कार्यक्रमका सहभागिहरुले यस क्षेत्रमा धेरै किसानहरुको आफ्नो जग्गा नहुने र अरुको जग्गामा खेति गर्ने हुँदा बीमा दाबी परेको खण्डमा सोको क्षतिपूर्ती जग्गा धनिले पाउने कि वास्तविक किसानले पाउने भन्ने जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उपस्थित सहभागिहरुले बीमा कम्पनीहरुले समयमा दावी भुक्तानी दिन आनाकानी गर्ने गरेको र सानो रकमको दावी भुक्तानी लिनका लागि पनि पटक पटक बीमा कम्पनी धाउनु पर्ने अवस्था रहेकोले कृषकहरु बीमा प्रति आकर्षित नरहेको कुरा राखेका थिए । साथै सहभागिहरुले यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हामै्र सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए ।

आगामी दिनहरुमा आफ्रना पशुपन्छीहरुको बीमा गर्ने कुरा राख्नु भएको थिया । साथै नगरपालिकाका कुषि तथा पशु अधिकृतले यस क्षेत्रमा बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँ गाउँ सम्म पुग्न नसकेको कुरा राख्नु भएको थियो । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले सप्तरी जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानकारी गराएका थिए ।

साथै उक्त कार्यक्रममा नगर प्रमुखले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि हाम्रो पालिकाको कार्यालयमा आएर यस्तो कार्यक्रम राखि हामीलाई साथै हाम्रो सम्पूर्ण पालिकालाई जानाकारी उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका थिए । साथै नगर प्रमुखले बीमा आफु रहदा पनि नरहदा पनि आवश्यक रहेको हुँदा प्रत्येक मानिस, निजको गाडि, घोडा ,सम्पत्तीहरु , बाली तथा पशुपन्छीहरुको बीमा गरि ढुक्कले बस्नु पर्ने र क्षती भएको अवस्थामा बीमा बाट नै क्षतिपूर्ती पाउन सकिने हुँदा आर्थिक अभावलाई पूर्ती गर्न बीमाले सहयोग गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा उपस्थित भएका सम्पूर्ण वडाका वडा अध्यक्षहरुलाई गाउँ गाउँ सम्म बीमाको बारेमा जानकारी गराउने दायित्व हामी जनप्रतिनिधिको रहेको धारणा समेत राखेका थिए । कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट मार्फत घोषण गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिइन् ।

साथै नगर प्रमुखलाई यस नगर भित्र रहेका साना ठुला घरहरुको समेत बीमा गरि भविष्यमा हुन सक्ने जोखिमबाट हुने आर्थिक क्षतिको क्षतिपूर्ती बीमाबाट हुने र नगरपालिका माथि पर्न जाने आर्थिक भारलाई समेत कम गर्न सकिने हुँदा घर बीमालाई अनिवार्य गर्न सुझाव समेत दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*