आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा चैत ६ गते, यस्ता छन् अन्य एजेण्डा
१५ फाल्गुन २०७९, सोमबार ०८:३३
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतवारको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत ६ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । सो सभाको कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, सार्वजनिक शेयर जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, निर्देशकको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्ने छ।