राजनीतिक अस्थिरतासँगै शेयर बजारमा भारी गिरावट, प्रचण्डको चरित्रहिन राजनीति शेयरबजारमा अस्वीकृत

१४ फाल्गुन २०७९, आईतवार ११:२०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश र अर्थतन्त्र भन्दा पनि सत्ता र कुर्सीको लागि चरित्रहिन राजनीति गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ । आज विहान नेप्सेमा कारोबार खुल्ने वित्तिकै शेयर बजार ११ मिनेटमा ५८ अंकले घटेको छ ।

शेयर लगानीकर्ताहरुले प्रधानमन्त्री प्रचण्डको चरित्रहिन राजनीति अभ्यासबाट आजित हुँदै ह्वात्तै बिक्री बढाउँदा मूल्य उच्च अंकले घटेको हो । प्रधानमन्त्री प्रचण्डले दुई महिना अघि आफूलाई लिखित रुपमा विश्वासको मत दिने एमालेसँग गठबन्धन छोडेर कांग्रेससँग मिल्न पुगेका थिए ।

भारतीय एजेन्टहरुको पछि लागेर प्रचण्डले गुट फेर्दै हिड्न थालेपछि लगानीकर्ताहरुले राजनीतिक अस्थिरताको आंकलन गरेर शेयर बजारमा उच्च गिरावट आएको अनुमान गरिएको छ ।
शेयर बजारमैत्री अर्थमन्त्री विष्णु पौडेलसहितले सरकार छोड्ने चर्चा चलेपनि आगामी फागुन २५ गतेसम्म एमालेले सरकार नछोड्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*