काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई राजिनामा दिन धम्की

१३ फाल्गुन २०७९, शनिबार १६:१५

काठमाडौं । सत्ताको अभ्यास गरिरहेको तत्वहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पदबाट धम्की दिएको खुलेको छ । महानगरपालिकाका मेयर साहले एक घण्टा पहिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो धम्की दिएको खुलासा गरेका हुन् ।

उनलाई कसले धम्की दिएको हुन् भन्ने खुलाउन चाहेका छैनन् । स्रोतका अनुसार सुकुम्बासी आन्दोलनसँग जोडेर प्रम प्रचण्डको नाम लिँदै केही तत्वहरुले धम्की दिएको जनाइएको छ । यद्यपि स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।
राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरको मेयरमा अत्याधिक मतसहित निर्वाचित भएका थिए ।

धम्की दिएपनि राजिनामा नदिने बालेन साह निकट स्रोतले जनाएको छ । बालेन साह आफै भने सञ्चार सम्पर्कमा आएका छैनन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*