एमाले तत्काल सरकारबाट नहट्ने, समर्थन पनि फिर्ता नलिने

१३ फाल्गुन २०७९, शनिबार १२:५७

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेका प्रधानमन्त्री प्रचण्ड अब अर्को नैतिक अप्ठेरोमा पर्ने भएका छन् । आज विहान बसेको एमाले सचिवालय बैठकले राष्ट्रपति निर्वाचन अघि सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यससँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने छैन ।

नयाँ निर्णयले प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा पर्ने भएका छन् । लिखित समर्थन दिएर सरकारमा सहभागी भएकोले एमालेलाई गठबन्धनको आधारमा प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी बनाएका थिए । सरकारमा सहभागी जनाएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत समेत दिइसकेको छ । विश्वासमत लिएर सरकारबाट हटाउन प्रधानमन्त्री प्रचण्डले पनि सक्नेछैनन् भने एमाले आफै पनि सरकारबाट नहट्ने भएको छ ।

यस्तो निर्णयले नयाँ गठबन्धनमा जान अब प्रचण्डलाई अर्को अप्ठेरो पर्ने भएको छ । सरकारमा सहभागी मन्त्रीहरुले पद नछोड्ने भएपछि कांंग्रेस र समाजवादी दललाई दिने मन्त्रालय नहुँदा समस्या पर्ने भएको हो ।

एमालेको यस्तो निर्णयसँगै आगामी फागुन २५ गतेसम्म एमाले सरकारमै रहनेछ भने अर्थमन्त्रीमा विष्णु पौडेल कायमै रहनेछन् । यद्यपि यसबीचमा एमालेले सरकारबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पनि गर्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*