राष्ट्रिय बीमा संस्थानद्धारा १० उत्कृष्ट अभिकर्तालाई सम्मान
११ फाल्गुन २०७९, बिहीबार १३:२१
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । संस्थानले आज ५६ औ बार्षिक उत्सबको अबसरमा उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको हो ।
संस्थानले केन्द्रिय स्तरका अभिकर्तालाई सम्मान गरेर हौसला प्रदान गरेको छ । संस्थानले हरि बीमा अभिकर्ता शरण शिवाकोटी, मन कुमार निरौला (रेग्मी), राजन रिमाल, शान्ति महर्जन, नारायण गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्री गरि १० जना अभिकर्तालाई समान गरेको हो ।
संस्थानले प्रत्यक वर्षमा आफ्ना उत्कृष्ट बीमा अभिकर्ता, कर्मचारी लगायत देशका विभिन्न स्थानमा रहेको शाखा कार्यालयलाई सम्मान गर्ने गरेको छ ।