अर्थमन्त्री पौडेलको निर्देशनपछि ४–१२ सीमा हटाइदै, शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

११ फाल्गुन २०७९, बिहीबार १२:०१

काठमाडौं । नेपाली पुँजी बजारमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको थियो । सो अनुसार सुरुवाती केही दिनमा बजार निकै बढेको पनि थियो । तर, विस्तारै शेयर बजार घट्न थालेपछि लगानीकर्ताहरुलाई निराश हुन नदिने उपायको खोजीमा रहेको अर्थमन्त्रालयले विद्यमान ४–१२ को वर्तमान सीमा हटाउने तयारी सुरु भएको छ ।

शेयर बजारमा ठूला लगानीकर्ताहरु मूल्य घटाउन र बढाउनमा भूमिका खेलेका हुन्छन् । उनीहरुले आफूसँग भएको शेय धितो राखी ऋण लिएर बजारमा लगानी गर्ने गर्दछन् । तर, शेयर धितोमा १२ करोडको सीमा कायमै राखेको केन्द्रीय बैंकले अब सो सीमा समेत हटाइदिने तयारी सुरु गरेको छ ।

१२ करोडको सीमाका कारण प्रभावित भएका ठूला लगानीकर्ताहरुको बाटो खुल्ने वित्तिकै पुँजि बजार बढ्न सक्ने र एउटा मार्गमा अघि बढ्न सक्ने भन्दै लगानीकर्ताहरुले १२ करोडको सीमा हटाउन माग गर्दै आएका थिए । अर्काथरी केही लगानीकर्ताहरुले भने शेयर बजार निश्चित व्यक्तीले खेलाएको भन्दै १२ करोडको सीमा कायमै राख्नुपर्ने सुझाव समेत दिइरहेका छन् ।

दुवै थरीको दवावमा परेको राष्ट्र बैंकले अब बैंकहरु आफैले जोखिम मूल्याङ्कन गरेर लगानी गर्न सक्ने भन्दै १२ करोडको सीमा हटाउन लागि परेको बुझिएको छ । सो सम्बन्धमा समीक्षा सुरु भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्रालयसँगै समन्वय गरेर यस सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*