रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावीकोभुक्तानी बीमा लेख जारी भएको तीन महिनामा नै सडक दुर्घटनामा परि मृत्यु भएका आविस्कार शाहीको परिवारलाई लेखनाथ शाखाबाट जीवन बीमाको मृत्युदावीको भुत्तानी गरिएको हो ।
बीमा गरेको तिन महिनाको अवधिमा नै सडक दुर्घटनामा परि ज्यान गुमाएका आविस्कार शाहीका आश्रित परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखाका प्रमुख विष्णुहरि अधिकारीले उनका बुवा दिपक शाहीलाई दश लाख १० हजारको चेक हस्तान्त्रण गरेका हुन् ।
शाहीले वार्षिक ३२ हजार पाँच सय बुझाउने गरि पाँच लाखको बीमा गरेका थिए भने उनको आश्रित परिवारलाई बीमाङ्क र दुर्घटना लाभको एकमुष्ठको रकम प्रदान गरिएको हो ।
चेक हस्तान्तर गर्दै शाखा प्रमुख अधिकारीले बिमित आफू रहदै बीमा भुक्तानी पाए सुखको साथी र आफू नभएको खण्डमा परिवारको लागि दुःखको साथी हुने भएकाले जीवन बीमा नाफा कम सेवा बढी भएको क्षेत्र भएको विचार राखेका थिए ।