आइएमई लाइफद्धारा माघ महिनामा कुल २ करोड ६३ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी
३ फाल्गुन २०७९, बुधबार १६:३८
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै छिटो र छरिटो रुपमा बीमा दाबी भुक्तानी गर्दै आईरहेको छ।कम्पनीले माघ महिनामा मात्रै कुल २ करोड ६३ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ३७ वटा बीमालेखमार्फत उक्त दाबी रकम आफना बीमितहरुलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले दाबी परेका बीमितहरुलाई छिटो समयमा झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्येश्य राखेको छ।बीमितको हितमा सधै तत्पर रहेको कम्पनीले जनाएको छ।