नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय स्वस्थतामा कुन अब्बल ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।स्रमग नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुको मुनाफा यस त्रैमासससमम्मा ७० प्रतिशतले बढेको छ।यस अवधिसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले १ अर्ब २० करोड ८५ लाख रुपैयाँ आर्जन गर्न सफल भएका छन् । जीवन बीम कम्पनीहरुको खुद बिमा शुल्क भने १.०३% ले घटेको छ । यसअवधिसम्ममा कम्पनीहरुले ५१ अर्ब २३ करोड ६९ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेका छन् ।
चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा हेर्दा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नेशनल लाइफको ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
मर्जरको कारण सूर्या ज्योति लाइफ तेस्रो स्थानमा आएको छ। कम्पनीको चुक्ता पुँजि ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ, एशियन लाइफको २ अर्ब ९० करोड रुपैयाँ, एलआईसी नेपालको २ अर्ब ६५ करोड रुपैयाँ, गुराँस लाइफको २ अर्ब २३ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ, रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ, सानिमा लाइफको २ अर्ब र प्रभु लाइफको २ अर्ब रुपैयाँ रहेको छ।
जगेडा कोषको आधारमा
मर्जरपश्चात् सूर्या ज्योति लाइफको जगेडा कोष थप मजबुत बनेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा एलआईसी (नेपाल) रहेको छ। कम्पनीको जगेडा कोषमा ७१ करोड रुपैयाँ रकम संचित रहेको छ ।
त्यस्तै, प्रभु लाइफको ५९ करोड रुपैयाँ, गुराँस लाइफको ५४ करोड रुपैयाँ, एशियन लाइफको ५३ करोड रुपैयाँ, नेपाल लाइफको ४८ करोड रुपैयाँ, रिलायन्स लाइफको ३९ करोड रुपैयाँ, सानिमा लाइफको ३५ करोड रुपैयाँ, प्राइम लाइफको २९ करोड रुपैयाँ, युनियन लाइफले२७ करोड रुपैयाँ र नेशनल लाइफले २६ करोड रुपैयाँ रकम कम्पनीको जगेडा कोषमा रकम संचित रहेको छ।
बीमा कोषको आधारमा
बीमा कोषको आधारमा हेर्ने हो भने नेपाल लाइफ अगाडि रहेको छ । १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ।एलआईसी नेपालको बीमा कोषमा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ।
त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ५६ अर्ब रुपैयाँ, एशियन लाइफको ३४ अर्ब रुपैयाँ, सूर्या ज्योतिको २३ अर्ब रुपैयाँ, प्राइम लाइफको २० अर्ब रुपैयाँ, गुराँस लाइफको १३ अर्ब रुपैयाँ, युनियन लाइफको १३ अर्ब रुपैयाँ, रिलायन्स लाइफको ४ अर्ब २५ करोड रुपैयाँ, सानिमा लाइफको ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफको ३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ८ अर्ब ६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । कम्पनीले यस त्रैमासससमम्मा ८६ करोड रुपयाँ र नेशनल लाइफले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
युनियन लाइफले ३ अर्ब ६२ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २६ करोड रुपैयाँ, सूर्या ज्योति लाइफले २ अर्ब ५३ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब २३ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४२ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब १७ करोड रुपेयाँ र प्रभु लाइफले ९८ करोड रुपैयाा रहेको छ ।
खुद मुनाफाको आधारमा
नेप्सेमा सूचीकृत कम्पनीहरुले यस त्रैमाससम्मा ७० प्रतिशतले सम्रग नाफा बढेको छ।
दोस्रो त्रैमासमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ मुनाफामा सबैभन्दा अगाडि रहेको छ।
कम्पनीले यस त्रैमाससम्ममा ४४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।दोस्रोमा सूर्या ज्योति लाइफले २८ करोड रुपैयाँ, नेशनल लाइफले २२ करोड रुपैयाँ, एशियन लाइफले १९ करोड रुपैयाँ, प्राईम लाइफको १७ करोड रुपैयाँ, रिलायन्स लाइफको १६ करोड रुपैयाँ, प्रभु लाइफको १२ करोड रुपैयाँ, गुराँस लाइफको १२ करोड रुपैयाँ, सानिमा लाइफको ११ करोड रुपैयाँ, युनियन लाइफको १० करोड रुपैयाँ र सबैभन्दा कम ९ करोड रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानीप्को आधारमा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी युनियन लाइफ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८७ पैसाले बढेर १९ रुपैयाँ ४६ पैसा पुगेको छ । त्यसपछि, रिलायन्स लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा रहेको छ । एसियन लाइफको मात्र प्रतिसेयर आम्दानी घटेको छ । सबै भन्दा कम लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको इपीएस ३ रुपैयाँ ७२ पैसा रहेको छ ।