युनियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२७ माघ २०७९, शुक्रबार २०:०९

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको खाडीचौर शाखाले बिमित स्वर्गीय सम्झना कार्कीका परिवारलाई माघ २५ गते दश लाख ४५ हजार रुपियाँ मृत्यु दावी भूक्तानी प्रदान गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ नयाँपुल निवासी स्वर्गीय कार्कीकी आमा जुना कार्की र बुबा नुयन्द्र कार्कीलाई शाखा प्रमुख भीमसेन प्रधान र भोटेकोशी गापा–५ का वडा अध्यक्ष दावा तेम्बा तामाङले संयुक्तरुपमा चेक हस्तान्तरण प्रदान गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बागमती प्रदेश क्षेत्रीय प्रमुख दोर्जे लामा, इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपाने, जिल्ला समन्वय समिति सदस्य जीत बहादुर कार्की र स्थानीय, समाजसेवीहरुको उपस्थितिमा स्वर्गीय कार्कीकै निवासमा पुगेर उक्त इन्स्सोरेन्स कम्पनीले चेक प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*