राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ४५ अर्ब रकम सञ्चित, खुद बीमा शुल्कमा देखिएन सुधार

२७ माघ २०७९, शुक्रबार १३:२०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा अधिकांस सूचकमा उल्लेख्य प्रगति गरेको छ । संस्थानले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थानको जीवन बीमा कोषको आकार र जगेडा कोषको आकार बढेको देखिएको हो ।

चालु आर्थिक वर्ष पुष मसान्तसम्म आइपुग्दा संस्थानको जीवन बीमा कोषमा ४५ अर्ब ९१ करोड २० लाख रुपैयाँ संचिती रहेको छ । यो कोषको आकार २० दशमलव २५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म संस्थानको यस्तो कोषमा ३८ अर्ब १६ करोड रुपैयाँ संचित रहेको थियो । साथै यता जगेडा कोषको आकार समेत १६ प्रतिशतले बृद्धि भई कोषमा ४२ करोड ४१ लाख रुपैया पुगेको छ ।

संस्थानको खुद बीमा शुल्क २ प्रतिशतले बढेर ६ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेको छ । संस्थानले गत बर्ष यसै अवधि सम्ममा ६ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, संस्थानको लगानी, कर्जा तथा कमिशन वा अन्य आय २ प्रतिशतले घटेर १ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ । संस्थानले गत बर्षको यसै अबधिसम्ममा १ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म संस्थानको दावी भुक्तानी २१ दशमलव ७२ प्रतिशत र व्यवस्थापन खर्च १९ दशमलव १० प्रतिशतले घटेको छ । आम्दानी बढेर खर्च कम भएसँगै कम्पनीको खुद नाफा १९ दशमलव १० प्रतिशतले बढेर १ करोड २ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*