क्यान इन्फोटेक मेलामा ब्लक चेन सेमिनार सम्पन्न, विद्यार्थीको उल्लेखनीय सहभागिता

२६ माघ २०७९, बिहीबार १८:५४

काठमाडौं । क्यान इन्फोटेक २०२३ अन्तर्गत दोस्रो दिनको ब्लक चेन सेमिनार सम्पन्न भएको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र आइटि क्षेत्रका विभिन्न कम्पनी संग सेमिनार सम्पन्न भएको हो ।

उक्त सेमिनारमा विभिन्न कलेजहरुबाट बिद्यार्थि तथा आम नागरिकको बाक्लो उपस्थिती रहेको थियो । सेमिनारमा रेड चिल्स ल्यावका सिइओ बिबेक कोइराला, डिजिटल एज प्राइभेटकि म्यानजिङ डाइरेक्टर दिब्या डलिको उपस्थिथि रहेको थियो । सो सेमिनारमा उनीहरुले आम विद्यार्थिका विभिन्न जिज्ञासाहरु समेत दुर गरेका थिए । सेमिनारमा अत्तराष्ट्रिय स्तरका टेक्नोलोजि र नेपालको प्रविधिको बारेमा छलफल भएको छ ।

मंगलबारदेखि सुरु भएको यो सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् ।  प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ’पुमोरी’ को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*