महालक्ष्मी लाइफको जीवन बीमा कोष ५६% ले बढ्यो, ७३ करोड रुपैयाँमाथि बीमा शुल्क आर्जन

२६ माघ २०७९, बिहीबार १४:२१

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको बीमा ब्यवसायमा उल्लेख्य प्रगति देखिएको छ ।

चालु आवको ६ महिनासम्ममा कम्पनीले आफ्नो जीवन बीमा कोषको आकार ५६.४३ प्रतिशतले बढाउन सफल भएको छ । समिक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ संचिति रहेको छ । साथै कम्पनीले बीमा कोषको आकारसहित यस अवधिसम्म जगेडा कोषको आकार समेत ६०.७० प्रतिशतले बढेर कोषमा ३२ करोड ५९ लाख रुपैयाँ संचिती रहेको छ ।

त्यस्तै, यता कम्पनीले भविष्यमा हुन सक्ने जोखिमका लागि भनेर महाविपत्ती कोषको आकार समेत ५.९० प्रतिशत बढाएर कोषमा २ करोड ७४ लाख रुपैयाँ संचित गरेको छ । यसरी महालक्ष्मी सबै कोषको आकार बढाएर कोषमा जम्मा रकम ३ अर्ब ७ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

साथै यता कम्पनीले पुष मसान्तसम्म खुद बीमा शुल्क आर्जन समेत ८.६२ प्रतिशतले बढाएर सो अवधिसम्म ७३ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म कम्पनीले ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यता कम्पनीको दाबी भुक्तानी समेत ३८.०४ प्रतिशतले बढेर १० करोड १७ लाख रुपैयाँ पुगेको छ । यता कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आम्दानी समेत ६५.५६ प्रतिशतले बढेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत ३५.३८ प्रतिशतले बढेर ७ करोड १८ लाख रुपैयाँ पुगेको छ । पुष मसान्तसम्म कम्पनीको ाजरी बीमा पोलिसी संखया ४५ हजार ५२६ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*