युनियन लाइफको वार्षिक साधारणसभा आज बस्दै
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८।६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता, कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्नेछ।