एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

२४ माघ २०७९, मंगलवार १७:००

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दासको कार्यकाल थप गरिएको छ ।

नेपाल बीमा प्राधिकरणको माघ २४ गतेको पत्रानुसार एलआइसी नेपालका सिइओ दासलाई माघ १४ गतेदेखि लागू हुनेगरी बढीमा ६ महिनासम्मको लागि कार्यकाल थप गर्न स्वीकृत प्रदान गरिएको हो । सोहीअनुसार कम्पनीले दासको कार्यकाल बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ को उपदफा १० बमोजिम थप भएको जनाएको हो ।

दासले सन २०१९ जनुअरी २८ देखि एलआइसी नेपालको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्यको पदभार ग्रहण गरेका हुन् । दासलाई एलआइसीद्वारा प्रवासी अधिकृतको रूपमा प्रतिनियुक्तिमा यो कार्यभार दिइएको हो ।

एलआइसी नेपालमा आवद्ध हुनुअघि दास भारतको ओडिशाको भुवनेश्वर डिभिजन कार्यालयमा भारतीय जीवन बीमा निगमको वरिष्ठ डिभिजनल प्रबन्धकको रूपमा कार्यरत थिए । लामो समयसम्म जीवन बीमा क्षेत्रमा सक्रिय र पर्याप्त अनुभव बटुलेका दासको एलआइसी नेपालमा सिइओ पदको कार्यकाल ६ महिनाको लागि थप गरिएको हो । सम्भवतः एलआइसी नेपालका सिइओ पदमा दोस्रो कार्यकालका लागि समेत उनी दोहोरिने बढी सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*