घुस खाने जनताको नजरबाट गिर्छ, भ्रष्टाचारको कमाईले सात पुस्ता पिर्छ’

२३ माघ २०७९, सोमबार १५:०२

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ औं बार्षिकोत्सवको अवसर पारेर भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता गर्न आम सर्वसाधारणलाई आह्वान गर्दै अपिल जारी गरेको छ ।

आयोगले हाल नेपाल टेलिकमको सिममा कल गर्ने जो सुकैले ‘घुस खाने जनताको नजरबाट गिर्छ, भ्रष्टाचारको कमाईले सात पुस्ता पिर्छ, भ्रष्टाचार सामाजिक अपराध हो । निःशुल्क रुपमा १०७ मा फोन गरौ ।’ भन्ने सन्देश सुन्न सकिन्छ । नेपाल टेलिमकको मोबाइल तथा ल्याण्डलाइन दुवैमा बजाइएको सो रिङब्याक टोन यही माघ २८ गते मनाउन लागिएको बार्षिकोत्सवको अवसरमा जनचेतनामूलक अभियान भएको आयोगका प्रबक्ता श्याम प्रसाद भण्डारीले बीमापोष्टलाई जानकारी दिए ।

आयोगले यस वर्षको आयोग दिवसलाई भव्य रुपमा मनाउन लागिएको बताए । भ्रष्टाचारका विरुद्धमा समाचार लेख्ने पत्रकारहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका अन्य भव्य कार्यक्रम गरी बार्षिकोत्सव मनाउन लागिएको हो । आयोगले अन्य सञ्चार माध्यमहरुबाट समेत भ्रष्टाचार गरेको कही कतै थाहा पाउनु भएमा आयोगको पैसा नलाग्ने १०७ मा फोन गर्न, इमेलमार्फत वा लिखित रुपमा आयोगको कार्यालयमै पुगेर उजुरी दिन सकिने व्यवस्था रहेको प्रबक्ता भण्डारीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*