नेपालगंजमा दुई दिने अन्डरराइटिङ तालिम सम्पन्न

२२ माघ २०७९, आईतवार १२:१२

काठमाडौं ।  नेपालगंजमा दुई दिने अन्डरराइटिङ तालिम सम्पन्न भएको छ। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र नेपाल इन्स्योेरेन्स प्रोफेसनलस् सेसाईटी (निप्स)को सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख पूर्ण बहादुर थापा, बीमा विज्ञ तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा, सिनियर अफिसर गणेश शर्मा र निप्सका लुम्बिनी प्रदेश अध्यक्ष विश्व दीपक नेपाल बीमा कम्पनीका अन्डरराइटिङ विभाग लगायत ९० जना भन्दा धेरैको उपस्थिति थियो ।

कार्यक्रम नेपालगंजमको विपी चोकमा सम्पन्न भएको हो । तालिममा ४७ जना जीवन बीमा तर्फ र ४० जना निर्जिवन बीमातर्फबाट उपस्थित रहेको थियो ।

कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख पूर्ण बहादुर थापाले बीम ऐनको बिषय र सम्पत्ति शुद्धिकरणको बिषयमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा अन्डरराइटिङ, पोलिसी सर्भिसिङ तथा बीमा कम्पनीका शाखाले गर्नुपर्ने कार्यहरुको विषयमा छलफल भएको थियो ।

कर्मचारी भेटेरै अन्तर्क्रिरया गर्नुका साथै उनिहरुको गुनासो पनि संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*