नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२२ माघ २०७९, आईतवार १५:०४
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा कायम भएको छ ।
नेप्सेसँग कारोबार रकम समेत घट्न पुगेको छ । आज १ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआाइसी एशिया बैंकको ५ करोड ८५ लाख, नबिल बैंकको ५ करोड ७४ लाख, चिलिमे हाइड्रोपावरको ५ करोड ७ लाख र हिमालयन डिष्टिलरीको ४ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।