सन नेपाल लाइफद्वारा साढे १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२१ माघ २०७९, शनिबार १३:२१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी पावतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बारा, गुजरा नगरपालिका वडा नं. ३ टोल सिमरीमा आयोजित श्रद्धाञ्जली सभा तथा मृत्यु दाबी भुक्तानी कार्यक्रममा सोहि गाउको वडा सदस्य दिलमाया र विभिन्न भद्र भलादमी र यस शाखाको शाखा प्रमुख श्रीराम प्रसादको उपस्थितिमा स्व. रित बहादुर राईको मोटर साईकल दुर्घटनाको कारणबाट मृत्युु भएको हुदा निज मृतकको श्रीमती मनिषा कुमारी माझी (राई) लाई १५ लाख ३७ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

निज बीमितले २०७७ साल चैत ३० गते सन नेपाल लाइफमा ७ लाखको नविन आजिवन बीमा गरेका थिए । निजको मिति २०७९ पुष ३ गते महेन्द्र राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

निजको श्रीमतीले दिएको निवेदन अनुसार र विभिन्न आवश्यक कागजात पुरागरेको चौथो दिनमा निज मृतकको घरमा गई मृत्यु दाबी बापत ७ लाख रुपैयाँ,दुर्घटना मृत्यु बापत ७ लाख रुपैयाँ, काज क्रिया खर्च बापत ५० हजार रुपैयाँ र बोनस बापत ८७ हजार ५०० रुपैयाँ गरि जम्मा रकम १५ लाख ३७ हजार ५०० रुपैयाँको चेक निजको घरमै गई हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा जीवन जिवनको बारेमा सोहि वडाका बासीहरु द्वारा र यस कम्पनीको बिरगंज को शाखा प्रमुखद्वारा बिमाको महत्वबारे प्रकाश पारिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*