दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५७ अर्ब माथि, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ५७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुष मसान्तसम्मको तथ्याङ्कअनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४७ करोड ४१ लाख ३२ हजार रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस त्रैमाससम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा १६ अर्ब ४ करोड ४९ लाख ५५ हजार रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीले पुष मसान्तसम्ममा ७ अर्ब ६० करोड २७ लाख २५ हजार रुपैयाँ नविकरण शुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रो स्थानम नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुष मसान्तसम्ममा ६ अर्ब ६ करोड २ लाख ३२ हजार नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान नविकरण बीमा शुल्क आर्जनमा चौथौ स्थानमा रहेको छ । कम्पनीले पुष मसान्तसम्मा ५ अर्ब ७९ करोड २८ लाख ६६ हजार रुपैयाँ नविकरण बीमा शुल्क कमाउन सफल भएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार पुष मसान्तसम्ममा युनियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ८ करोड ५४ लाख ८२ हजार रुपैयाँ, सूर्या ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ८४ करोड ३१ लाख ९३ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ७२ करोड ५३ लाख ८२ हजार रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ८९ करोड ८३ लाख ७२ हजार रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब ८२ करोड ७६ लाख ९३ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ७८ करोड ५२ लाख ४९ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ३४ करोड ७८ लाख ३४ हजार रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ३८ लाख ६५ हजार रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड ७४ लाख ४० हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ५ करोड ९१ लाख ७६ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ९७ करोड ७४ लाख ४० हजार रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले ८२ करोड ७० लाख ४४ हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सले ७३ करोड ३१ लाख ५१ हजार रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५२ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।