सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

१८ माघ २०७९, बुधबार १६:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको धनगाडी शाखाले आज एक आयोजीत कार्यक्रमका बीच मृत्युदावी रकम भुत्तानी गरेको हो ।

कम्पनीका बीमित स्वर्गिय हिरालाल डगौराकि श्रीमती रेबती डगौरालाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी १४ लाख रुपैयाँको चेक रकम कम्पनिका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका हुन् ।

साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीयनिकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*