जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७१ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

१७ माघ २०७९, मंगलवार १८:२०

काठमाडौं । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ७१ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा ७१ अर्ब ५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ०.२० प्रतिशतले बढेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकमा उल्लेख रहेको छ।

सदाझै, उत्कृष्ट कारोबार गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै यस बर्षपनि सर्वाधिक व्यवसायमा गर्ने कम्पनी बनेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रो स्थानमा रहेको लाइफ नेपाल कर्पोरेशन (.नेपाल)ले भने ८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो स्थान नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । यस त्रैमाससम्म्मा कमपनीको कुल बीमाशुल्क आर्जन ७ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

बीमा प्राधिकणको तथ्यांक अनुासर सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ, साविकको सूर्यज्योति लाइफ (सूर्या लाइफ र ज्योति लाइफ) ले भने ५९ करोड ८२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

युनियन लाइफले ३ अर्ब ७५ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ४४ लाख, मेट लाइफले २ अर्ब ५० करोड २३ लाख, प्राइम लाइफले २ अर्ब २६ करोड ४८ लाख रुपैयाँ, आइएमई लाइफले बीमा शुल्क आर्जन १ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ, कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सन नेपाल लाइफले १ अर्ब ९४ करोड ४१ लाख, रिलायबलले १ अर्ब ७८ करोड ६५ लाख, गुराँस लाइफले १ अर्ब ४३ करोड ३९ लाख, सानिमा लाइफले १ अर्ब २४ करोड ७४ लाख, रिलायन्स लाइफले १ अर्ब ५० करोड ३० लाख रुपैयाँ, प्रभु लाइफले १ अर्ब ३ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*