नेप्सेद्वारा थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
१६ माघ २०७९, सोमबार १५:३३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
यी तीनवटै जीवन बीमा कम्पनीबीच गत वैशाख २९ गते मर्जरमा जाने सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौता भएसँगै नेप्सेले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।
यी तीनवटै कम्पनीको पत्राअनुसार नेप्सेले आजदेखि नै कारोबार फुकुवा गरिदिएको हो । सोपश्चात् भोलिदेखि नै अब यी तीनवटै कम्पनीको कारोबार खुल्नेछ ।