१८ मध्ये १४ बीमा कम्पनीले अझै बुझाउन सकेनन् एक्चुरी भ्यालुएसन प्रतिवेदन
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा एक्चुरी भ्यालुएसन समयमा नहुने यो समस्या पहिलादेखिको नै हो । नेपालमा एक्चुरीको अभावको कारण यो समस्या देखिएको हो ।हाल संचालमा रहेका १८ मध्ये जम्मा चार कम्पनीले मात्रै एक्चुरी भ्यालुएसन बीमा प्राधिकरणमा बुझाएका छन् ।
१४ बीमा कम्पनीले अझै एक्चुरी भ्यालुएसन बुझाउन सकेका छैनन् । मर्जरमा जाने केही बीमा कम्पनीहरुले प्राधिकरणमा एक्चुरी रिर्पोट बुझाउने अन्तिम तयारीमा पुगेको जानकारी दिएको छ ।
हालसम्म चार वटा जीवन बीमा कम्पनीहरुले मात्रै एक्चुरियल भ्यालुएसन बीमा प्राधिकरणमा बुझाएका छन् । बीमा प्राधिकरणका अनुसार मेट लाइफ, आइएमई लाइफ, एशियन लाइफ र सूर्या ज्योति लाइफको एक्चुरी भ्यालुएसन हुन् । चार कम्पनीमध्ये मेट लाइफ र एशियन लाइफ र आएइमर्ए लाइफको बीमांकी मूल्याङ्कन यसअघि नै स्वीकृत भइसकेको छ । कम्पनीले नयाँ बोनसदर समेत सार्वजनिक गरिसकेको छ ।
त्यस्तै, सूर्या ज्योति लाइफ पनि बोनसदर सार्वजनिकको अन्तिम चरणमा रहेको छ। मर्जर पश्चात् कम्पनीले गत आर्थिक बर्षको आ आफनौ बीमांकी मूल्यांकन प्रतिवेदन बुझाईसकेको थिए।
बीमा समितिले उक्त भ्यालुएसनलाई आफ्नो एक्चुरी मार्फत स्वीकृत गराए पछि मात्रै लेखापरीक्षण प्रतिवेदन बनाउन पाउने छन् ।एक्चुरियल भ्यालुएसन सम्पन्न गरेका बीमा कम्पनीहरुले पोलिसी होल्डरका लागि बोनसदर तय गर्न सक्ने छन् ।
यदि कम्पनीहरुले बुझाएको भ्यालुएसनमा कुनै पनि समस्या भेटिएन भने प्राधिकरणले १०/१५ दिनमै पास गर्ने गरेको छ ।तर भ्यालुएसन रिपोर्टमा कुनै कैफियत भेटियो भने समितिले परिमार्जनका लागि अनुरोध गर्छ । सोहि क्रममा कतिपय कम्पनीहरुको भ्यालुएसन पास गर्न धेरै समय लाग्ने देखिन्छ ।एक्चुरियल भ्यालुएसन रिपोर्ट पास भए सँगै बीमा कम्पनीहरुले लेखापरीक्षण प्रतिवेदन तयार पारी बीमा प्राधिकरणमार्फत पुनःस्विकृती लिनुपर्छ ।
उक्त लेखापरीक्षण पास भए पछि साधारणसभा आह्वान गनुपर्ने हुन्छ । बीमा कम्पनीहरुले एक्चुरीको यस्तो समस्या कारण भ्यालुएसनमा ढिलाई हुन्छ ।बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसनका लागि भारतमा पठाउनु पर्ने हुन्छ । भारतका एक्चुरीले नेपाली बीमा कम्पनीहरुलाई खासै प्राथमिकतामा राख्दैनन् । जसको कारण भारतमा पनि समय लाग्ने हुन्छ ।
कम्पनीहरुले पनि आन्तरीक रुपमा एक्चुरिलाई कन्सल्टेन्टको रुपमा राख्न सकिरहेका छैनन् । यदि त्रैमासिक वित्तीय विवरणहरुमै एक्चुरीबाट काम गराउदै जाने हो भने अन्तिममा धेरै गाह्रो पर्ने अवस्था रहदैन । तर बीमा कम्पनीहरुले यसलाई उचित व्यवस्थापन गर्न नसकिरहेको बीमा अधिकारीहरुको बुझाई छ ।
एक्चुरी भ्यालुएसनको निकै लामो प्रकृयाको कारण बीमा कम्पनीको बार्षिक साधारणसभा र लगानीकर्ताले लाभांश पाउन ढिलाई हुँदै आएको छ । स्वदेशमा एक्चुरी गर्ने दक्ष जनशक्ति नहुँदा सधैं विदेशीको भर पर्नु परेको कारण ढिलाई भएको हो ।
एक्चुरी भ्यालुएसन भइसकेपछिको वास्तविक वित्तीय विवरण समयमा सार्वजनिक नहुँदा जीवन बिमा कम्पनीका लगानीकर्ताले आफूले पाउन सक्ने वास्तविक प्रतिफलका बारेमा अध्ययन गर्न पाउँदैनन् । बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसन बिनाकै त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका हुन्छन् । तर यसले कम्पनीको वास्तविक अवस्था बताउन सकेको हुँदैन ।
यसबाट इपीएसको वास्तविक जानकारी आउँदैन । यस्तै, कम्पनीको यकिन दायित्व, खुद नाफा, नेटवर्थसहितका अन्य महत्वपूर्ण तथ्यांक पनि सही रुपमा आएको हुँदैन । जसका कारण लगानीकर्ताले सम्बद्ध कम्पनीको पछिल्लो अवस्थाका बारेमा सही जानकारी पाउन सकेका हुँदैन । अनि, कतिपय कम्पनीहरुले पछिल्ला वर्षहरुमा बेस्सरी प्रगति गरेको भए पनि केही सीमित व्यक्तिबाहेक अरुलाई त्यस सम्बन्धमा जानकारी हुँदैन ।