युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
१५ माघ २०७९, आईतवार १६:०१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ८.९७ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५२१ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ४७८ रुपैयाँ ११ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।