सन नेपाल लाइफद्धारा १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१३ माघ २०७९, शुक्रबार १२:२१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमित स्व. लोकेन्द्र बहादुर बिष्टले म्यादी जीवन बीमा गरेकोमा बीमितको गत साउन १८ गते साउदी अरेबियामा मृत्यु भएकाले बीमितको ईच्छाएको व्यक्ति निजको श्रीमती कलावती बिष्टलाई बीमा भुक्तानी गरेको हो ।

विष्टलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँको चेक रकम कम्पनीका धनगढी शाखा मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले हस्तान्तरण गरेका हुन् ।

साथै उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*