मेरो माइक्रोफाइनान्सको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले माघ ६ गते सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।
बैंकले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । लाभांश जम्मा भइसकेपछि शेयरधनीहरुको बैंक स्टेटमेन्टमा सर्वसाधारण शेयरधनीको हकमा Mero 10%Div 7879 र संस्थापक शेयरधनीहरुको हकमा MeroP10%Div7879 उल्लेख हुने कम्पनीले जनाएको छ ।