नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
८ माघ २०७९, आईतवार १०:३३
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले रिजनल म्यानेजर पदमा २ जना, एसआर.एसिस्टेन्ट पदमा खादबारी र ताप्लेजङ शाखाको लागि र हेड अफिसको लागि १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।