प्राइम लाइफका कर्मचारी संघले बुझायो अध्यक्षलाई ध्यानाकर्षण पत्र , कर्मचारीको हकहित संरक्षणको माग

६ माघ २०७९, शुक्रबार ११:५७

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीको अध्यक्ष पियूष राज अर्याल र प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको सम्क्ष उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्।

हाल बीमा प्राधिकरणले दिएको पुँजि पुराउन मर्जरको प्रकृयालाई अघि बढाएको प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई कम्पनीका कर्मचारी संघले मर्जरपश्चाचत् कर्मचारीहरुको हकहित संरक्षणको माग सहित ध्यानकर्षण गराएको हो ।

गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरको प्रकृया अघि बढाएको प्राईम लाइफ इन्स्योरेन्समा कर्मचारी समायोजन पछि सस्मया नदेखियोस् भन्दै ध्यानाकर्षण पत्र बुझाएको संघले जनाएको छ ।

संघले बीमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बीमा समितिसमक्ष आग्रह गरेको छ। मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नुपर्ने संघको माग छ।
बीमा प्राधिकरणले आगामी चैतसम्ममा निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५ करोड र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजि पुराउन निर्देशन दिएको छ।

उक्त निर्देशन जारी भएपछि तोकिएको चुक्तापुँजी पुयाउन धैरै कम्पनीहरुले मर्जरको बाटो रोजेका छन्। कम्पनीलाई मर्जर वा प्राप्तिमा जान समितिले सैद्धान्तिक सहमतिस मेत दिइसकेको छ। यसै सिलसिलामा संघले संस्थामा कार्यरत कर्मचारीको हितका लागि कम्पनीको ध्यानाकर्षण गराएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*