शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२ माघ २०७९, सोमबार ११:०९
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट), ब्राण्ड अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://shikharinsurance.com/ र इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।