यति एयर लाइन्सका यात्रुलाई जीवितै उद्धार गर्ने आशा न्यून, १३ जनाको शव निकालियो

१ माघ २०७९, आईतवार ११:५५

काठमाडौं । आज विहान पोखरास्थित विमानस्थल नजिकै भएको दुर्घटनामा परेका यात्रुहरुको जीवितै उद्धार गर्ने सम्भावना न्यून हुँदै गएको छ । उद्धार कार्यमा सयौं सेना तथा प्रहरीहरु परिचालन गरिएको छ ।

जहाज आधा भन्दा बढि जलेर खरानी भइसकेको छ । हालै आगो नियन्त्रणमा आएपनि जहाजबाट जीवितै उद्धार गर्ने सम्भावना भने न्यून रहेको प्रत्यक्षदर्शी अस्विन थापा मगरले जानकारी दिएका छन् ।

नयाँ विमानस्थल र पुरानो विमानस्थलबीचमा रहेको सेती नदिको खोँचमा खसेर जहाज दुर्घटनाग्रस्त भएको हो । जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । मानिसको बस्ती नजिकै सिताराम हाउजिङ तर्फको सेती नदि किनारामा जहाज दुर्घटनाग्रस्त भएको पोखराबाट पत्रकार यदुनाथ बञ्जाराले बीमापोष्टलाई जानकारी दिए ।

यद्यपि जहाज अवतरणको क्रममा कम उचाईमा भएको र जहाज जमिनमा धरारिएकोले केही यात्रु जीवितै रहेको हुनसक्ने सम्भावना भने अझै बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*