राष्ट्रिय बीमा संस्थान र राष्ट्रसेवक कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२९ पुष २०७९, शुक्रबार २१:२३

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संथान र राष्ट्रसेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। नया बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थ मन्त्रालय, राष्ट्रिय किताबखाना निजामती, नेपाल प्रहरी, नेपाल सैनिक, ससस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक लगानी कोष लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थानमा नागरिक लगानी कोष मार्फत राष्ट्रसेवक कर्मचारीहरुको सामुहिक बीमा हुने प्राबधान रहेको छ । कार्यक्रममा सामुहिक बीमा बीमा निरन्तरता र दाबी भुक्तानी बिषयमा प्रस्तुतीकरण राष्ट्रिय बीमा संस्थानको तर्फबाट सह व्यस्थापक दिनेश गौतम र शिशिर चन्द्र देवकोटाले गरेका थिए । नागरिक लगानी कोषको तर्फबाट श्री रोशन जंग कार्कीले बीमा गर्दा हुने सक्ने प्राबिधिक समस्याहरुको बारेमा प्रस्ट पारेको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले अवकाश प्राप्त कर्मचारीले बीमालाई निरन्तरता गर्ने सक्ने कुरा प्रस्ट पार्दै समापन गरेका थिए ।

कार्यक्रम सहजीकरण संस्थानका सह व्यवस्थापक तथा बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले गरेकि थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*